पालुङटारका सवै शिक्षकरुको कोरोना बिमा

गोरखा संसार
२७ भाद्र, गोरखा ।
बिश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण संसारभर जोखिम बढदै जान थालेपछि नेपाल सरकारले पनि राष्टसेवक कर्मचारीहरुको निशुल्क कोरोना बिमा गराउने योजना अन्तर्गत गोरखाको पालुङटार नगरपालिकाले पनि शिक्षकहरुको कोरोना बिमाको लागि प्रक्रिया अघि बढाएको छ ।
शिक्षा शाखा अन्तर्गत रहेर नगरपालिकाभित्र कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी, कार्यालय सहयोगीहरु, इसिडी सहयोगी कार्यकर्ता तथा सामुदायिक सिकाई केन्द्रका परिचालिकाहरु लगायतकाको कोरोना बिमाको लागि प्रक्रिया अघि बढाएको नगरपालिकाले जनाएको छ ।
जसअन्तर्गत सबै तहका गरी ४सय ४२ जनाको बिमा को लागि राष्टिय बिमा कम्पनी पोखरा कार्यालय पठाइएको नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.