Trending

बन्दिपुरका बजार २ बजेसम्म खुल्ने

तनहुँको बन्दीपुर गाउँपालिकाले मंगलबारदेखि स्वास्थ्यका मापदण्ड पूर्णरुपमा अपनाएर दिउँसो २ बजेसम्म सम्पूर्ण बजार क्षेत्र खुल्ला गर्ने भएको छ । गाउँपालिकाका समुदायका ५९ जना व्यक्तिहरूमा गरिएको पिसीआर परीक्षणमा कोरोनाको रिपोर्ट नेगेटिभ आएसँगै बन्दाबन्दी हटाएर बजार क्षेत्र क्षेत्र खुल्ला गर्ने निर्णय गरेको हो । बन्दीपुर गाउँपालिका-५ का भारतबाट आएर होम क्वारेन्टिनमा बसेको ५० वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ आएपनि जोखिम नभएको नगरपालिकाले जनाएको छ।

समुदाय स्तरमा कोरोना भाइरस फैलिएको हुन सक्ने भन्दै गत भदौ १८ गते ६० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकामा ५९ जनाको रिपोर्ट आइतबार नेगेटिभ आएको थियो । गाउँपालिकाले मंगलबारदेखि लागु हुनेगरि दिउँसो २:०० बजेसम्म नेपाल सरकारले निषेधित गरिएको बाहेक अन्य व्यापार व्यवसायहरु भौतिक दुरी, स्वास्थ्य सुरक्षा र सावधानी अपनाउने र स्वास्थ्यका मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी खुला गर्न दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताएका छन् ।

गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष ध्रुव प्रसाद लामिछानेद्वारा जारी विज्ञप्तिमा हालसम्म बन्दाबन्दीमा पूर्णरूपमा कोरोना भाइरससँग लड्नको लागि सहयोग गर्नुहुने उद्योगी, व्यापारी, प्रहरी प्रशासन, संचारमाध्यम र स्थानीय बासीहरुलाई धन्यवाद समेत ज्ञापन गरेका छन् । यस्तै, डुम्रेमा रहेको गरिमा विकास बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि स्थानीय संघ संस्था तथा व्यापारी हरुको आग्रहमा बन्दीपुर गाउँपालिकाले भदौ २४ गतेसम्म बन्दाबन्दिको निर्णय गरेको थियो ।

कन्ट्रयाक्ट ट्रेसिङका आधारमा समुदायस्तरका व्यक्तिहरुको स्वाब संकलन गर्दा सबैको रिपोर्ट नेगेटिभ आएकाले कोरोना समुदायस्तरमा नफैलिएको भन्दै अब सुरक्षा र सावधानी अपनाएर व्यापार व्यवसाय सञ्चालन गर्न सकिने अध्यक्ष थापाले बताएका छन् ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker