सम्पर्क सीमित गर्नु नै कोरोना संक्रमणको गति कम गर्ने एक मात्र उपाय

चितवन, २० भदौं 

जिल्ला प्रहरी कार्यालय चितवनले सम्पर्क सीमित गर्नु नै कोरोना संक्रमणको गति कम गर्ने एक मात्र उपाय भएको जनाएको छ ।

शनिबार एक सूचना जारी गर्दै जिल्ला प्रहरी प्रमुख नान्तीराज गुरुङले सामाजिक दूरीले नै सामाजिक भ्याक्सिनको काम गर्ने भएकोले सामाजिक दूरी र सुरक्षाको मापदण्ड अपनाउँदै व्यापारिक संस्था र पसलहरु खुला गर्न अनुरोध गर्नुभएको छ ।

प्रहरी कार्यालयको सूचनामा जिल्ला प्रशासन कार्यालय चितवनको शुक्रबारको आदेश अनुसार निषेधाज्ञा जारी नै रहेकोले व्यवसाय तथा पसलहरु खोल्दा बढीमा पाँच जना ग्राहक मात्र प्रवेश गर्न दिन निर्देशन दिइएको छ । त्यस्तै, संघसंस्थाले निम्नतम् कर्मचारी मात्र राख्न, डिपार्टमेन्टल स्टोर र फेन्सी पसलहरुले ट्रायल रुमको प्रयोग नगर्न प्रहरीले निर्देशन दिएको छ । सूचनामा कम दूरीमा सवारी साधनको प्रयोग नगर्न र सरकारी कार्यालयका सेवाग्राहीले प्रायोजन खुलेको सिफारिससहित आवतजावत गर्न पनि निर्देशन दिएको छ ।

Back to top button
Close