Trending

गोरखाका १ जना कोरोना संक्रमितको उपचारका क्रममा चितवनमा ज्यान गयाे

गोरखा – गोरखाका कोरोना संक्रमित १ जना पुरुषको उपचारका क्रममा चितवनमा ज्यान गएको छ ।

गोरखा जिल्ला गोरखा नगरपालिका १३ घर भएका ३८ बर्षिय पुरुषको उपचारको क्रममा ज्यान गएको भरतपुर अस्पतालले पुष्टी गरेको छ ।

भदौ ६ गते गोरखाबाट ल्याएर अस्पतालमा भर्ना गरेका ती पुरुषमा १० गते संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भरतपुर ल्याईएको थियो ।

संक्रमितको स्वास्थ्य अबस्था गम्भीर भएपछि आइसियुमा राखेर उपचार गरिएको भएता पनि आज (शुक्रबार) दिउसो उनको ज्यान गएको थियो ।

Back to top button