गोरखामा एकसय १९ जना काेराेना संक्रमितकाे उपचार

राजेन्द्र न्यौपाने
भदौ ८ गोरखा ।

गोरखा जिल्ला अस्पतालले कोरोना संक्रमित एकसय १९ जनाको उपचार गरी घर पठाएको छ । कुल एकसय २१ संक्रमित मध्ये दुई जना मात्रै सक्रिय संक्रमित गोरखा अस्पताल आइसोलेसनमा उपचार गराईरहेका छन् ।

संक्रमितको उपचारको क्रममा मुटुरोग भएका विरामीहरुलाई समेत निको बनाइ घर पठाईसकेको छ । एक भेन्टिलेटर सहित झण्डै एकसय जना विरामी अट्ने क्षमता सहितको आइसोलेसन गोरखा अस्पतालले सञ्चालनमा ल्याएको छ ।

कोरोना भाइरसबाट संक्रमण हुनबाट आफू जोगिन, अरुलाई जोगाउन स्वास्थ्य सम्बन्धि मापदण्ड पूर्ण रुपमा कार्यन्वयन गर्नुपर्ने गोरखा जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट नविन थापा बताउँछन् ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker