लघुकथा: स्वार्थ

- सुदर्शन कंडेल

दुबैजनाले एकअर्कालाई नजानिदो पाराले छड्के हान्दाहान्दै, भर्याङ्ग चढ्दा ओर्लदा एक्लै भेट हुँदा बाटो छेकाछेक गर्दागर्दै, अफिसदेखि क्यान्टिनसम्म एकअर्काको पिछा गर्दागर्दै रिना र बबिन कतिखेर नजिकिए दुबैलाई मेसो छैन , परिणाम आज उनिहरु दोस्रो पटक एउटै ओछ्यानमा छन ।
फुल जस्ति छोरि र आमाको जिम्मेवारी रिनाको काँधमा सुम्पेर उनको श्रीमान बितेको ५ वर्ष भयो । उता बबिनको श्रीमतीपनि लामो अपरेशन पछि छोरालाई संसार देखाउदै आफू संसारबाट बिदा भएको वर्षदिन मात्रै पुगेको छ । लगभग उस्तै कथा र ब्यथा भएका उनिहरुको सम्बन्ध दिनदिनै प्रगाढ हुँदै गैरहेको छ ।
” त्यस्तो राम्रो सम्बन्ध छ र बिचार मिल्छ भने दुई परिवार एकै बनाउदा पनि केही हुन्न” आफ्ना केही मिल्ने साथिहरुबाट यस्ता सल्लाह पाउँदा बबिन मख्ख छ ।
पुरा हुन थालेका आफ्ना वर्षौ देखि दबिएको चाहना, तृप्त हुने अभिलाषामा छटपटिएको अतृप्त बदनको कारण उता रिना पनि मख्ख छिन ।
” म तिम्रो हरेक चाहना पूरा गर्ने कोशिश गर्ने छु, हरसम्भव खुशी राख्ने प्रयास गर्नेछु, हामी दुबै जना क्यापेबल छौ । दुई परिवारलाई एक बनाएर झनै सुन्दर र शान्दार बनाऔँ रिना , म तिम्रो छोरिलाई बाबुको प्रेम दिनेछु अनि तिमी मेरि छोरोलाई आमाको स्नेह देउ । हामी अफिसियल्ली एक हौँ अब ।” मौनता तोड्दै बबिनले भन्यो ।
” त्यहाँसम्मको यात्रा सम्भव छैन बबिन हाम्रो । मेरो परिवारको प्रतिष्ठाको कारण म त्यसो गर्न सक्दिन । तिमिलाई प्रेम गर्छु, पछि जागिर जता भएनी प्रेम निरन्तर गर्छु । नियमित भेट्घाट हुन्छ हाम्रो । तर बिहे नै गर्न धेरै नै सोच्नु पर्छ अनि असम्भव प्रायः नै छ ।” रिनाले असरल्ल कपडा सम्हाल्दै भनिन ।
” प्रेम त जसलाई गर्न पनि सक्यौ, तर निरन्तर प्रेम गर्न सक्दिनौ किनकी अब हाम्रो यसरी निरन्तर भेटघाट हुँदैन । भेट्घाट निरन्तर नभएपछी तिमिले गर्ने प्रेम आफै टुट्छ रिना ।” बबिनले लामो सर्को चुरोटको धुवाँ बत्तितिर फ्याक्दै भन्यो ।
” किन? के भन्दैछौ?” रिनाले सोधिन ।
” हाम्रो स्वार्थ मिलेन जसले प्रेमको लय बिगार्छ ।” बबिन सोफामा पल्टिसकेको थियो ।
भरतपुर – १४ चितवन
Back to top button