Trending

वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३७

वीरगञ्ज, भदौं ७–

बिरगंजमा एक जना काेराेना संक्रमितकाे शनिबार मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

मृत्यु हुने ५६ वर्षीय महिला प्रदेश २ को पर्सा जिल्लास्थित बिरगंज महानगरपालिका वडा नं. ११ निवासी रहेकाे जनाइएकाे छ ।

नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा ती महिलाको शनिबार बेलुकी साढे ७ बजे निधन भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । गत साउन २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

थाइराइडको विरामी उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । पछिल्लो १२ घण्टा भेन्टिलेटरमा राखिए पनि उनलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker