
‘पवित्र मायालाई मिसायौ जहरमा
म पाईला टेक्निद तिम्रो सहरमा
बगेर सागरमा तिमी पुगे पनि
ढुङ्गा भैंm रोएर बसें म बगरमा ……।’ तिम्रो सहर एल्वमा समावेश मर्मस्पर्शी गीत लेखेर चर्चामा आएका पत्रकार अमरराज नहर्कीको फेरी अर्को मर्मस्पर्शी गीत बजारमा आएको छ । स्वेदशमै रोजगारी दिनुपर्छ भन्ने सन्देस प्रवाह गर्नको लागि उनले रचना गरेको ‘विरानो देश’ नामक गीतको म्युजिक भिडियो बजारमा आएको छ ।
‘हातको रुमाल मैलो भयो धोईदिने कोही छैन
विरानो देशमा मै मरी गए रोईदिने कोही छैन
मरि हालें भने पनि नेपालमै मर्न पाउँ
आँखाभरी झल्किरहन्छ म जन्मेको गाउँ ……….।’
यस्ता मर्मस्पर्शी शब्दहरु रहेका छन् ‘विरानो देश’ गीतमा । गीत दर्शको रोजाईमा परेको छ । गीत ल्याएको छोटो अवधिमा नै १५ हजार पटक भन्दा बढी हेरिसकिएको छ । स्वदेशमा रोजगारी सृजना गरी विदेश जानु पर्ने बाध्यतालाई अन्त्य गर्नु पर्छ भन्ने सन्देस दिने उद्धेश्यले गीत ‘विरानो देश’ को म्युजिक भिडियो निर्माण गरिएको गीतको निर्माता प्रभा नहर्कीले बताईन् । एउटा गरीव परिवारको युवक धन कमाउने सपना बोकेर विदेश गएको कुरालाई चित्रण गीतमा गरिएको छ –
विदेशमा बसेको छु म परेर अलमल
निभेको छ मनको बक्ति छैन झलमल
कसको हुन्छ र परदेशमा आउनलाई मन
रुँदै रुँदै आएको म कमाउनलाई धन
विदेशमा दुःख पाउँदा स्वदेशमा सम्झिएका पलहरुले गीतलाई शसक्त बनाएको छ । गीतमा यस्तो भनिएको छ –
बुढाभाका, बा–आमाले हेर्छन् मेरै बाटो
शिर निहुराई ढोग्ने मन छ म जन्मेको माटो
अर्ति दिने बुढापाका, खेली हिड्ने साथी
बिर्सिदिन कहिल्यै पनि राख्छु शिर माथी
विदेशमा पुगेपनि युवकको धन कमाउने सपना अधुरो मात्रै हुँदैन अनाहकमा जेल पर्नु तथा मानसिक तनावले गर्दा जीवन नै गुमाउनु परेको कुरालाई भिडियोमा समावेश गरिएको छ ।
म्युजिक भिडियो लाई सुप्रसिद्ध म्युजिक च्यानल ओएसआर डिजिटल, काठमाडौंको मार्पmत बजारमा ल्याईएको हो । गीतमा श्वर तथा सङ्गीत नवराज थापाको रहेको छ । पत्रकार समुन्द्र पौडेलको निर्देशनमा भिडियो तयार पारिएको हो । पत्रकार पौडेलले निर्देशन गरेको यो पहिलो भिडियो हो । म्युजिक भिडियोमा सुदीप पौडेल, पूजा केसी, बोलप्रसाद सुवेदी, तुलसीमाया सुवेदी, सुबास जैसी, तुलसीराम पाण्डे, माधवबहादुर पन्त, भरत पोख्रेल, खुसीराम कैनी लगायतका कलाकारले अभिनय गरेका छन् । भिडियोको सम्पादन सुवास अम्गाईले गरेका छन् । मोडल सुदीप पौडेलको यो पाँचौ म्युजिक भिडियो हो भने मोडलिङ्गमा सक्रिय पूजाले बिरानो देशबाट म्युजिक भिडियोको यात्रामा प्रवेश गरेकी हुन् ।
नेपालमा बेरोजगारीको समस्याले गर्दा धेरै युवाहरु वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यतात्मक अवस्था रहेको विदेश गएका कयौं युवा जोखिम युत्त काम गर्नु पर्दा मृत अवस्थामा फर्किनु परेको कारुणीकतालाई गीतमा समेटिएको छ । । वैदेशिक रोजगारीले रेमिटान्स भित्राएको छ तर यसले हामीलाई कहिल्यै नमेटिने गहिरो चोटहरु पनि दिएकोले सन्देश मुलक गीत लेखेको गीतकार नहर्कीले बताए । पत्रकार नहर्की प्रेस युनियन तनहुँका अध्यक्ष , गोरखापत्र दैनिकका तनहुँ समाचारदाता तथा रेडियो बन्दीपुरका स्टेशन म्यानेजर हुन् ।
‘दुःखी छु दुःखले छुन चाहन्न
त्यसैले तिम्रो हुन चाहन्न ……’ बोलको राज सिग्देलको श्वर तथा संगितमा रहेको गीतमा पनि पत्रकार नहर्कीले लेख्नु भएको हो । पत्रकार नहर्की साहित्यको माध्यमबाट पर्यटन प्रबद्धन गर्नु पछ भन्ने अभियानमा पनि हुनुुहन्छ । तनहुँको भानु नगरपालिका–४ स्थित पर्यटकिय स्थल राना गाउँमा बारेमा
प्राणभन्दा प्यारो लाग्छ रानागाउँ हाम्रो
सौन्दर्यले सजिएको संसारकै राम्रो …………….बोलको
लेखेको गीत पनि पत्रकार नहर्कीको हो । यो गीत पनि दर्शकको रोजाईमा परेको हो । छोटो समयमा नै यो गीत पनि युटुवमा दुई लाख पटक हेरिसकिएको छ । पत्रकार नहर्की बाल्यकाल देखि नै गीत तथा कविता लेख्दै आएका छन् । उनले विभिन्न प्रतियोगितामा भागलिई पुरस्कृत भएका छन् । गतवर्ष भानु जयन्तीको अवसरमा भानु नगरपालिकाले आयोजना गरेको खुला कविता प्रतियोगितामा नहर्की प्रथम भएका थिए । यस अघि भानु जन्मस्थल विकास समितिले आयोजना गरेको खुला कविता प्रतियोगितमा पनि नहर्की लगातार दुई पटक पुरस्कृत भएका थिए । २०५५ सालमा दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसद्धारा आयोजित खुला कविता प्रतियोगितामा पनि नहर्की प्रथम भएका थिए । पत्रकार नहर्कीले २०७४ सालमा नेपाल सरकार शिक्षा मन्त्रालय,शिक्षा विभाग र नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयले वितरण गर्ने ३० हजार राशी रहेको प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार र २०७१ सालमा २० हजार राशीको शिक्षा लेखनवृत्ति पत्रकारिता पुरस्कार प्राप्त गर्नु भएको छ । साथै उहाँ स्थानीय स्तरबाट पनि विभिन्न सामाजिक संघ सस्थाबाट थुप्रै सम्मान प्राप्त गरिसक्नु भएको छ ।