Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
२४ घण्टामा थप ७ सय ७ जनामा काेराेना पुष्टि

२४ घण्टामा थप ७ सय ७ जनामा काेराेना पुष्टि

काठमाडाैं : पछिल्लो २४ घण्टामा देशभर ७ सय ७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले यसबारे बताएका हुन्।

साथै बिहीबार देशभरबाट  डिस्चार्ज २ सय ६३ भएका छन्। आज काठमाडौं उपत्यकामा २ सय संक्रमित भेटिएका छन्। आज देशभर ११ हजार ५ सय ५५ जना स‌क्रिय संक्रमित रहेका गाैतमले जानकारी दिए।

१७ हजार ९ सय ६४ जना आजसम्म डिस्चार्ज भएका पनि उनले जानकारी दिएका छन्। काठमाडाैंमा मात्रै आज १ सय ७४ संक्रमित भेटिएका हुन्। त्यसैगरी ललितपुरमा १८ जना भेटिएका छन्। त्यसैगरी भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन्।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.