बुढीगण्डकी आयोजनाद्वारा ३२ अर्ब बढी मुआब्जा वितरण

गोरखा  : बुढीगण्डकी जलविद्युत आयोजनाले डुबान क्षेत्रमा पर्ने जग्गाधनीलाई ३२ अर्ब रुपैयाँ बढी मुआब्जा वितरण गरेको छ । प्रभावित क्षेत्र धादिङ र गोरखाका बासिन्दाको जग्गा अधिग्रहण सुरु गरेयता अहिले सम्म ३२ अर्ब २७ करोड १७ लाख ९० हजार १५१ रुपैयाँ मुआब्जा वितरण गरिएको बुढीगण्डकी जलविद्युत आयोजनाले जनाएको छ ।
योजनाका पुनःबास तथा पुनःस्थापना एकाइ कार्यालय सिउरेनीटारका प्रमुख कृष्ण कार्कीका अनुसार गोरखामा हाल सम्म २३ हजार ६१३ रोपनी जग्गाको १६ अर्ब ५१ करोड ४४ लाख ३५ हजार एक रुपैयाँ र धादिङमा २३ हजार ८२७ रोपनी जग्गाको १५ अर्ब ७५ करोड ७३ लाख ५५ हजार १४१ रुपैयाँ वितरण गरिएको हो ।
आयोजनाले आर्थिक बर्ष २०७६/७७ मा मात्र ५ अर्ब ७६ करोड ८६ लाख ६१ हजार ८३२ रुपैयाँ वितरण गरेको प्रमुख कार्कीले जानकारी दिनुभयो ।
अयोजनाले (कोभिड–१९) को त्रासपूर्ण र बाढीपहिरोको अवस्थामा समेत असारदेखि नै धादिङ तर्फ खहरे र विशालटार (आरुघाट) क्षेत्रमा र गोखा तर्फ आरुघाट र आरखेत बजार क्षेत्रमा घरगोठ लगायतका अन्य भौतिक संरचनाहरु, बोटविरुवा तथा फलफुलको तथ्यांक संकल गर्न फिल्डमा खटिएको जनाएको छ । साथै लकडाउनको समयमा समेत कार्यालय संचालन गरि मुआब्जा वितरण र गुनासो फर्छौटका कार्यलाई निरन्तरता दिएको आयोजना प्रमुख कार्कीले बताउनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.