
काठमाडौं :
राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ। घिमिरेकेा हिजाे निधन भएकाे थियाे । १०१ बर्षकाे उमेरमा निधन भएका राष्टकवि घिमिरेलाइ अाज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।
नेपाल सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विहान १० बजे घिमिरे निवास लैनचौरमै पुगी राष्ट्रिय झण्डा ओढाएपछि उहाँकाे शवलाइ अार्यघाट लगिने कार्यक्रम रहेकाे जनाइएकाे छ।
१०२ वर्ष पुग्न १ महिना बाँकी रहँदा राष्ट्रकवि घिमिरेको निधन भएको हो। वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरे २०७५ असोजमा एक सय वर्षमा प्रवेश गरेका थिए।
घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार थिए। उनले बाल्यकालदेखि नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधा) उपविधाहरूमा निरन्तर कलम चलाउँदै आएका थिए।