Trending

बागमती प्रदेशमा २ हजार ६ सय ६१ संक्रमित पुगे

काठमाडौंः कोरोना संक्रमणको त्रास वढिरहेको छ । यसै क्रममा पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा १ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै प्रदेशमा संक्रमितको संख्या २ हजार ६ सय ६१ पुगेको छ ।

प्रदेशका विभिन्न प्रयोगशालामा शनिबार गरिएको स्वाब परीक्षणमा उपत्यकाका ३ सहित १० जिल्लामा संक्रमित थपिएका हुन् । २४ घण्टाभित्र काठमाडौंमा ८० जना, मकवानपुरमा १७ जना, भक्तपुर, ललितपुर, चितवन र काभ्रेमा ९–९ जना जरी ३६ जना, दोलखामा ५, रामेछापमा ३ तथा सिन्धुली र रसुवामा १–१ गरी १ सय ४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

बागमतीमा देशको कुल संक्रमणको १० दशमलब२ प्रतिशत संक्रमित छन् । प्रदेशमा दैनिक सयौँको हाराहारीमा संक्रमित बढिरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । प्रदेशका १३ वटै जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै १ हजार ४ सय ४२ जना संक्रमितको संख्या पुगेको छ । ललितपुरमा २ सय २९, भक्तपुरमा १ सय २३, चितवनमा १ सय ८९, धादिङमा १ सय ६० जना संक्रमित पुगेको मन्त्रालयले जनाएको छ ।

Back to top button