काठमाडौं , २७ साउन ।
काठमाडौंको गोंगबुमा गत शनिबार राति भएको विभत्स हत्याकाण्ड आरोपमा चितवन कालिका नगरपालिका ९ शक्तिखोर माईति भएकि एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। आरोपी महिलालाई प्रहरीले उनको माईति चितवन शक्तिखोरबाट पक्राउ गरि काठमाडौं पुर्याएर सार्वजनिक गरेको छ।
हत्या आरोपमा चितवनबाट पक्राउ परेकी कल्पना शाहीलाई पत्रकार सम्मेलन गरी प्रहरीले काठमाण्डौमा आज सार्वजनिक गरेको हो। उनले नशालु चक्की खुवाएर दाङका कृष्णबहादुर बोहोराको हत्या गरेको बयान दिएकी छन्। उनले नशालु चक्की खुवाएर बेहोस बनाएपछि दाउले हत्या गरेको बयान दिएको प्रहरीले बताएको छ।
प्रहरीसँगको बयानमा ती महिलाले बाथरुममा लगेर खुट्टा र टाउको काटेर सुटकेश तथा जेब्रा झोलामा लगेर फालेको प्रहरीसँगको बयानमा बताएको घटनामा संलग्न अधिकारीले जनाएका छन्।
प्रहरीले घटनास्थलबाट ह्यामर र दाउ पनि फेला पारेर सार्वजनिक गरेको छ । घटनापछि ती महिला एम्बुलेन्समा चितवन पुगेको खुलेको छ । चितवनको शक्तिखोरस्थित घर हिँडेकी उनलाई प्रहरीले चितवनको टाँडीबाट पक्रेको थियो।
नक्कली फेसबुक आइडी बनाएर नाङ्गो फोटो पोस्ट गरि चरित्र हत्या गरेकोले हत्या गरेको ती महिलाले बताएकी छिन्।
गोंगबुमा भएको विभत्स हत्याकाण्डका आरोपित महिलालाई प्रहरीले पक्राउ
Facebook Comments Box