चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे अपिल ःसावधानी अपनाउनुस

चितवन : काेराेना भाइरसका कारण संक्रमितकाे संख्या बढ्दै जान थालेपछि चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीले सावधानी अपनाउन सवैमा अपिल गर्नुभएकाे छ ।

चितवनमा अहिलेसम्म ११८ जना कोरोना भाइरस संक्रमण मध्ये सक्रिय संक्रमितको संख्या ९ पुगेको छ । तराईका जिल्ला वा राजधानी काठमाडौंभन्दा चितवन जिल्लामा संक्रमणको दर निकै कम रहेको छ ।

जसले यहाँको प्रशासन,अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई केही राहतको महसुस त गराएको छ तर सँगसँगै अन्य जिल्लामा जस्तै समुदायमा संक्रमण फैलिने हो की भन्ने चिन्ता झन बढि थपिएको छ । जिल्लाभित्र सार्वजनिक सवारी साधान,होटल तथा रेष्टुरेन्ट भने सञ्चालन गरिएको छ । राजनीतिक दलहरुले कार्यकर्ता भेलासमेत गर्न थालेपछि कोरोनाको संक्रमण फैलिन सक्ने त्रास सुरु भएको छ । राजधानी काठमाडौं जाने मुख्य नाका, वीरगञ्ज र भैरहवा क्षेत्र एवम् त्यसको मुख्य प्रवेश केन्द्र चितवन भएकाले कोरोनाको जोखिममा चितवन पनि परेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।

‘वीरगञ्जमा कम्युनिटीमा नै कोरोना फैंलिन थालेको छ, जनप्रतिनिधिदेखि विभिन्न चिकित्सक र राजनीतिज्ञ कोरोनाबाट संक्रमित बनेका छन्, यसले पक्कै पनि सुरक्षा जोखिम बढाएको महसुस भएको प्रजिअ भट्टराईको भनाई । जिल्ला विपद् व्यवस्थापन समितिले चितवनका अस्पतालहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ । यहाँको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सबैभन्दा जोखिममा छ ।
प्रजिअ नारायणप्रसाद भट्टराई
देशभरकै क्यान्सरका रोगीहरु उपचारका लागि आउने, त्यसमध्ये रेड जोनबाट बढी आउने गर्दा अस्पताल नै संक्रमणको केन्द्र बन्ने हो की भन्ने चिन्ता बढेको छ । बढी जोखिम भएकोले बढी सावधानी अपनाउन भनिएको प्रजिअ भट्टराईले बताए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.