गाेरखा । गण्डकी प्रदेशकाे पोखरामा कोभिड १९ बाट संक्रमित एक जना पुरुषको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्वर १९ बस्ने ६२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिम क्षेत्रिय अस्पतालका निर्देशकले जनाएकाे छ ।
साउन १७ गते कोभिड १९ भई आइसीयुमा उपचार भइरहेका पुरुषको शनिवार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको हाे । कोरोना संक्रमणबाट नेपालमा मात्र मृत्यु हुनेको सङख्या ७४ पुगेको छ।