Trending

पालुङ्टार ६, ७ र ८ मा बाढीबाट करीब ३ करोडको क्षति

रविन्द्र कंडेल
२४ साउन, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिकाभित्र बाढीले पुर्याएको क्षतिको अनुगमन गर्न बनाइएको समितिले वडा नं. ६,७ र ८ मा मात्रै करिब ३ करोडको क्षति भएको बिबरण पेश गरेको छ ।
लगातारका बर्षापछि भएको क्षतिको बिवरण संकलन गर्नको लागि नगरपालिकाले वडा नं. ६,७ र ८ को क्षति बिवरण संकलन गर्न वडा नं. ६ का वडाध्यक्ष गोविन्द बराकोटीको संयोजकत्वमा एक टोली गठन गरेको थियो ।
टोलीले ३ वटै वडाको स्थलगत अध्ययनपछि रिपार्ट नगरपालिकामा पेश गरेको हो । रिपोर्ट अनुुुसार वडा नं. ६ मा करीब १ करोड ६ लाख, वडा न.७मा १ करोड ६३ लाख र वडा नंं ८ मा ३२ लाख बराबरको क्षति भएको संयोजक बराकोटीले बताउनुभयो । बराकोटीका अनुसार अधिकाँश क्षति घर, खेत तथा खानेपानी आयोजनाहरुमा भएको छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker