कवि पारस राहादीकाे रिहाइको माग गर्दै विभिन्न संघसंस्थाद्वारा विज्ञप्ति जारी

बुटवल । २२ साउन
गजल सागर नेपालका सदस्य, प्रगतिशील लेखक संघ, रुपन्देहीका सदस्य तथा साहित्य सङ्गमका सदस्य पारस राहादी मगरलाई रुपन्देहीको बुटवलबाट प्रहरीले गिरफ्तार गरेको छ । पारस राहादी मगरलाई २०७७ साउन १६ गते बुटवलको रानीगञ्जबाट प्रहरीले गिरफ्तार गरेको हो ।
कवि पारसलाई विप्लव नेतृत्व नेकपा पार्टीको नाममा प्रहरीले गिरफ्तार गरी झुट्ठा मुद्दा लगाएर फसाउन खोजेको भन्दै गिरफ्तार गरिएका पारस राहादीलाई बिनासर्त तत्काल रिहा गरी नेपाली साहित्य क्षेत्रको सम्मान गर्न सरकारसँग माग गरेका छन् ।
गजल सागर नेपालको विज्ञप्तिमा भनिएको छ – “गजल सागर नेपालका सदस्य, प्रगतिशील लेखक संघ, रुपन्देहीका सदस्य तथा साहित्य सङ्गमका सदस्य पारस राहादी मगरलाई रुपन्देहीको बुटवलबाट प्रहरीले गिरफ्तार गरेको छ । पारस राहादी मगरलाई २०७७ साउन १६ गते बुटवलको रानीगञ्जबाट प्रहरीले गिरफ्तार गरेको हो ।
कवि पारसलाई विप्लव नेतृत्व नेकपा पार्टीको नाममा प्रहरीले गिरफ्तार गरी झुट्ठा मुद्दा लगाएर फसाउन खोजेको छ ।
नेपाली साहित्य क्षेत्रका उदीयमान युवालाई विचारको आधारमा गिरफ्तार गरी झुट्ठामुद्दा लगाउने कार्यको गजल सागर, नेपाल घोर बिरोध गर्दछ । गिरफ्तार गरिएका पारस राहादीलाई बिनासर्त तत्काल रिहा गरी नेपाली साहित्य क्षेत्रको सम्मान गर्न हामी सरकारसँग माग गर्दछौं ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान प्रत्याभूत गरे अनुसार स्वतन्त्रपूर्वक आआफ्ना विचार राख्न पाउने अधिकारको राज्यपक्षबाट हस्तक्षेप गरिने कार्य निन्दनीय र संविधान विपरित छ ।
कुनैपनि विचारसँग नजिक भएकै कारण गिरफ्तार गरिने कार्य उचित नभएकाले बिनासर्त रिहाई गर्न गजल सागर, नेपालले माग गर्दछ ।”
प्रगतिशील लेखक संघ, नेपालकाे अध्यक्ष जितेन्द्रदेव गिरि र महासचिव समीर सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ – “२०७७ साउन १६ गते रुपन्देहीको बुटवलबाट प्रगतिशील लेखक संघ रुपन्देही जिल्ला समितिका सदस्य पारस राहादीलाई प्रहरीले पक्राउ गरी प्रलेस नेपालजस्तो वैधानिक संगठनमाथि हस्तक्षेप भएको जानकारी प्राप्त भएकाले प्रलेस नेपाल यसको विरोध गर्दछ र उहाँको रिहाइको माग गर्दछ ।
संघीय लाेकतान्त्रिक गणतन्त्रमा संविधानले प्रत्याभूत गरेको स्वतन्त्रपूर्वक विचार प्रवाह गर्न पाउने वातावरणमा खलल् पुग्ने गरि हस्तक्षेप गरिनु दु:खद कुरा हाे र यस्तो कार्य बन्द गरिनुपर्दछ । विचार प्रवाह गरेकै अाधारमा कुनै पनि स्रष्टालाई अातङ्कित र दण्डित गरिनु हुदैन । हामी गिरफ्तार स्रष्टालाई तुरुन्त रिहा गर्न जाेडदार रुपमा माग गर्दछौं ।”

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker