Trending

बलात्कार अाराेपमा वडाध्यक्ष पक्राउ, पार्टीबाट समेत निलम्बित

गाेरखा-

१४ बर्षीय बालिकालाई बलात्कार गरेकाे आराेपमा  पालुङ्टार नगरपालिका वडा नं. ४ का  वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले पक्राउ गरेकाे छ ।

पीडित बालिका र आमाले दिएकाे उजुरीका आधारमा वडाअध्यक्ष रानाभाटलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । पिडित बालिका वडा नं. ४ स्थित अमरज्याेति जनता मा.वि लुइंटेलकाे कक्षा १० मा अध्ययनरत रहेकाे बताइएकाे छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरूङले बताए ।

‘घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ’ उनले भने ‘केहि कानूनी प्रकृया बाँकी रहेकाले अहिले नै केहि बाेल्न सकिंन्न ।’

अनुसन्धानमा सघाउन पार्टीको जिम्मेवारीबाट निलम्वन

उता जनता समाजवादी पार्टी पालुङटार नगरपालिका इकाईले भने अनुसन्धानमा सघाउन पार्टीको जिम्मेवारीबाट निलम्वन गरेकाे छ ।

का.वा अध्यक्ष देवीमाया गिरिद्वारा हस्ताक्षर गरिएकाे प्रेस व्यक्तव्यमा भनिएकाे छ ‘ प्रस्तृत बिषयमा पालुङटार नगरपालिका वडा न ४ का वडाअध्यक्ष तथा जनता समाजवादी पार्टीका सदस्य ठाकुरकान्त रानाभाट अनुसन्धानकाे क्रममा हिरासतमा रहनु भएकाले अनुसन्धान प्रकृयालाई सहज बनाउन तत्कालका लागि पार्टिकाे सम्पूर्ण जिम्मेवारीबाट निलम्वन गरिएकाे कुरा सम्पूर्ण पार्टी पंति तथा शुभचिन्तकहरू समझ जानकारी गरिन्छ । ‘

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker