खाली हुँदै क्वारेन्टिन, गोरखा क्याम्पस पनि खाली

रविन्द्र कंडेल
१४ साउन, गोरखा ।
कोभिड १९ का कारण बिश्व आक्रान्त भएपश्चात नेपालमा पनि बिदेशबाट आएका मानिसहरुलाई राख्नको लागि सवैजसो जिल्ला तथा पालिकाहरुले क्वारेन्टिन तथा आइसोलेसन बनाएर राख्न थाले ।
विस्तारै बिदेशबाट आउनेहरुको संख्या घट्दै जान थालेपछि क्वारेन्टिनहरु पनि खाली हुन थालेका हुन । यसैबीच गोरखा जिल्लाभरिका संक्रमितहरुलाई राखेर उपचार गर्नको लागि गोरखा अस्पतालमा मात्र असम्भव भएपश्चात .गोरखा क्याम्पसमा पनि आइसोलेसन सहितको क्वारेन्टिन खाली भएको छ । गोरखा क्याम्पसका शाखा अधिकृत सुवासचन्द्र आचार्यद्धारा हस्ताक्षरित बिज्ञप्तिमा सो कुरा उल्लेख गरिएको हो । बिज्ञप्तिमा जनाइएअनुसार हालसम्म गोरखा क्याम्पसमा कूल ५२ पुरुष र ९ महिला गरी ६१ जना कोरोना संक्रमित बसेका छन् । जसमा सबैभन्दा धेरै भीमसेन थापा गाउँपालिकाका ३२ जना रहेका छन् ।
त्यस्तै पालुङ्टार नगरपालिका भित्र विभिन्न बिद्यालयहरुमा बनाइएका क्वारेन्टिनहरु पनि खाली हुन थालेका छन् । नगरपालिकाको वडा नं. ७ को जीवन ज्योति मा.वि.क्वारेन्टिन पनि खाली भएको छ । हालसम्म सो विद्यालयमा ८६ जना व्यक्तिहरु बसेर घर फर्केका छन् ।
गोरखा जिल्लाभरिमा हालसम्म १ कोरोना संक्रमणबाट १ व्यक्तिको ज्यान गइसकेको छ .

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.