Trending

पानी तान्दा करेन्ट लागेर तनहुँमा एक जनाको मृत्यु

तनहुँ, १३, साउन
खोलाबाट मोटर लगाइ पानी तान्ने क्रममा एक जनाको ज्यान गएको छ । तनहुँको व्यास नगरपालिका–१२ छाब्दीका ३६ वर्षीय राजेन्द्र कँडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सोमबार साँझ साडे सात बजे करेन्ट लागेर घाइते भएको जनाइएको छ ।
छाब्दी खोलाबाट मोटर लगाएर पानी तान्ने क्रममा करेन्ट लागेर घाइते भएको कँडेलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक सविता केसीले जानकारी दिनुभयो । करेन्ट लागेर घाइते भएका कँडेलको दमौली अस्पतालमा उपचारको क्रममा सोमबार साँझ नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दमौली अस्पतालमा पोष्टमार्टमपछि अाजै कंडेलकाे शब दाहसंस्कारकाे लागि परिवारले लगेका छन ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker