
अमेरिकाले क्यालिफोर्नियाको सन फ्रान्सिस्कोको वाणिज्यदूतावास लुकेर बसेकी चीनिया महिला बैज्ञानिकलाई पक्राउ गरेको छ । उनलाई शुक्रबार गिरफ्तार गरिएको हो । संघीय अधिकारीका अनुसार उक्त बैज्ञानिकले प्रवेशआज्ञाको उल्लंघन गरेको आरोप लगाएका छन ।
जुआन टाङ्ग नाम गरेकी महिला जन मुक्ति सेना (पीपुल्स लिबरेशन आर्मी)संग सम्बन्ध रहेको उनको प्रवेशआज्ञाको निवेदनमा उक्त व्यहोरा खुल्न आएको सिएनएन र सिएनबिसीले समाचार लेखेका छन ।
उनि अहिले साँझ क्यालिफोर्नियाको अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ । उनि लगायत ४ जना चीनिया अनुसन्धानकर्ताहरुलाई जन मुक्ति सेना (पीपुल्स लिबरेशन आर्मी)संग सम्बन्ध रहेकोमा अभियोग लगाइएको छ ।
यसै हप्ता ३ जनालाई पक्राउ गरिएको थियो । अदालतको कागजात अनुसार एफबिआइले गत जुन २० मा उनको घरमा छापा मारेको थियो । उनलाई त्यसो गरे पछि सम्भवत उनि सन फ्रान्सिस्को स्थित बाणिज्यदुतावास गएकी विश्वास अधिकारीहरुले विश्वास गरेका छन ।
वादीका अनुसार अमेरिकामा टाङ्ग जे-१ प्रवेशआज्ञा मै काम गरि रहेकी तर उनले प्रवेशआज्ञाको उल्लङ्घन गरेको आरोप लगाईएको छ ।