Trending

खेतमा पानी लगाउन गएकी महिला मृत भेटिइन

राजेन्द्र न्यौपाने

गोरखा ९, साउन ।

विहीबार विहान खेतमा पानी लगाउन गएकी शहिद लखन ३ की ७२ वर्षिय कृष्ण कुमारी आले मृत अवस्थामा स्थानीय खोलामा भेटिएकी छन् । मनकामना स्थित हटिया टोल निवासी आलेलाई १८ वर्षिय युवकले हत्या गरी फालेको आशंका गाउँलेहरुले गरेका छन् । यस अघि पनि महिलाहरु माथि आक्रमण गरी सजाय भोगेका उक्त युवक दोश्रो पटक पुनः हत्यामा संलग्न रहेको स्थानीयको आशंका छ । युवकको खोजी भईरहेको मनकामना प्रहरी चौकीले जनाएको छ ।

Back to top button