Trending

ठाउँ ठाउँमा बाटाे अबरूद्द, खेतहरू बगरमा परिणत ः फाेटाेसहित

गोरखा,साउन ९ ।

बर्षायाम सुरुभएसंगै केहिदिन यता लगातार परिरहेको पानिले जिल्लाका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । भारी बर्षा संगै आएको पहिरोले गोरखाको पालुङटार नगरपालिका का धेरै ठाउँमा क्षति पुर्याएको हो ।

पहिरो खसेको ठाउँमा डोजर लगाएर पहिरो पन्छाईरहेको र अबरुद्ध सडकहरुमा बैकल्पिक डाइभर्सन , सडक सोर्ने लगायतका कार्यहरु गर्दै यातायात सञ्चालनमा ल्याईएको नगरप्रमुख दिपकबाबु कंडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भासिएका सडकहरू पनि २-३ दिनभित्रै सञ्चालनमा आउने र पहिरो बाट मानवीय क्षति हुन नदिन बिशेष सुरक्षा नीति अपनाइएको छ ।

त्यस्तै वडा नंं. ४ मा २० भन्दा बढी घरहरू जाेखिममा रहेका र तीमध्ये केही घरहरू नजीकैकेा सामुदायिक भवन तथा छिमेकीकाे घरमा सारिएकाे स्थानीय रमेश खडकाले जानकारी दिनुभयाे । उहाँका अनुसार लुइटेल अासपासका क्षेत्रमा रहेका सडकहरूमा ठाँँउठाउँमा पहिराे जाँदा बाटाे अवरूद्द भएका छन् ।

त्यस्तै वडा नं. ७ काे च्याङ्ली र तनहुँकाे नयाँपुल जाेडने पुल काे गाेरखातर्फकाे भाग पहिराे गएपछि नगर प्रमुख कंडेलकाे संयाेजनमा वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ तथा स्थानीयहरूकाे बिशेष पहलमा स्काभेटर तथा जेसिबीकाे प्रयाेग गरी अस्थायी रूपमा सञ्चालनमा ल्याइएकाे छ । बिभिन्न स्थानहरूका खाेलामा अाएकाे बाढी खेतमा पस्दा राेपाइ गरिसकिएका हजाराैं राेपनी खेत बगरमा परिणत भएका छन् ।

पालुङटारका विभिन्न ठाउँहरु अहिले पहिरोको उच्च जोखिममा रहेका छन् । कतिपय ठाउँमा सडक भासिने,सडकमाथी बाट पहिरो आएर यातायात आवतजावत मा ठप्प हुने गरेको छ।

त्यस्तै पालुङटार नगरपालिकाको ठाटिपोखरी देखी मसानेठाटी सम्म अवरुद्ध रहेको सडक कंडेलको पहलमा र सम्बन्धित वडाका अध्यक्षहरुको सहयोगमा पहिरो हटाई सो सडकलाई सञ्चालनमा ल्याईएको छ ।

 

Back to top button