मौवाखोला पहिरोः बाटो खुलाउने भन्दा स्वार्थ लिन खोज्नेको जगजगी

मौवाखोला, ८ साउन
यहि साउन ५ गते चितवन र धादिङको सिमानामा रहेको मौवाखोला पुलको एक छेउ माथिबाट आएको खहरे भेलले बगाएर लग्यो। उक्त पुलको धादिङ पट्टिको करिब ५ मिटर भाग खोलाले भत्काईदियो। जसका कारण पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्ड पुर्ण अवरुद्ध छ।
सो राजमार्ग भएर यात्रा गर्ने यात्रुहरुको बिचल्ली छ। सयौ गाडीहरु अलपत्र छ, राजधानी लैजान लागेका बिरामीहरु एम्बुलेन्समा नै छटपटाएका छन्। सयौ हज्जारौ मान्छेहरुलाई बिचल्ली बनाएको यो बाटो सुचारु गराउन डिभिजन सडक कार्यालय भरतपुरले रातदिन काम गरिरहेको छ।
तर कार्यालयले सडक खुलाउन गरिरहेको काममा भने केहि स्वार्थ समूहले अवरोध सिर्जना गर्न खोजिरहेको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर कृष्ण बहादुर खड्काले बताउनुभयो। उनीहरुले काममा सहयोग गर्नुको सट्टा पिडामा कमाउने पैसा कमाउने अवसर खोज्दा अनावश्यक दवाव दिने काम भएको उहाँले बताउनुभयो।
रिपोर्टिङका लागि त्यहा पुगेका सञ्चारकर्मीसँग कुरा गर्दै इन्जिनियर खड्काले त्यहाका केहि हेभि इक्युपमेन्ट भएका स्थानीयहरुले भाडामा उनीहरुको मेसिन प्रयोग गर्न दबाब दिने गरेको जानकारी दिनुभयो। ‘यस्तो बेला कसरी हुन्छ छिटो बाटो मर्मत गरेर यातायात सुचारु गराउनुपर्ने प्रेसरमा छौ हामी तर केहि हेभि इक्युपमेन्ट भएका स्थानीयको अनावश्यक दवावले हामीलाई समयमा काम गर्न अप्ठ्यारोमा पारेको छ’ –उहाँले भन्नुभयो।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.