राजेन्द्र न्यौपाने
गोरखा, ४ साउन ।
आँवुखैरेनी गोरखा सडक खण्डको फड्के खोलामा आज विहान पहिरो खसेको छ । पहिरोका कारण सडक खण्ड अवरुद्द भएको छ । पहिरो पन्छाउने काम सडकको दुवै तर्फबाट भएको छ । सडक माथि रहेको इट्टा भट्टाबाट विहान ७ बजे पहिरो खसेको थियो । पहिरो जाने र फाल्ने क्रम भईरहेको छ । सडक खुल्न केही घण्टा लाग्ने प्रहरी अधिकारीले बताएका छन् । गोरखा नगरपालिका वडा नं. १२ मा पर्ने उक्त क्षेत्रमा अत्यधिक मात्रामा रहेको रातोमाटो खस्ने क्रम रोकिएको छैन ।