किसानहरुलाई ५६ लाखको कृषि सामग्री बितरण

रविन्द्र कंडेल
असार २७, गोरखा
गोरखाको पालुङ्टार नगरपालिकाको वडा नंं ६,७ र ८ का किसानहरुका लागि ५६ लाख बराबरको कृषि सामग्री बितरण गरिएको छ ।
प्रदेश सरकारको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत कृषि ज्ञान केन्द्र, गोरखाबाट प्राप्त रकम र स्थानीय कृषकहरुको संयुक्त लगानीमा सो सामग्री खरीद गरी बितरण गरिएको हो ।
संयुक्त लिचि ब्लक सञ्चालक समितिका अध्यक्ष भोज बहादुर गुरुङको अध्यक्षतामा बिभिन्न सामग्रीहरु किसानहरुलाई हस्तान्तरण गरिएको हो ।
मुख्य गरी कृषि कर्मको लागि आवश्यक पर्ने हाते टयाक्टर, टनेल, फुट पम्प, क्रेट, आरो, भर्याङ लगायतका बिभिन्न सामग्रीहरु प्रदान गरिएको लिची ब्लक संचालक समितिका इच्छाकाजी श्रेष्ठले जानकारी दिनुभयोे । मुख्य गरी लिची किसानहरुलाई केन्द्रित गरी सामग्रीहरु बितरण गरिएको श्रेष्ठले बताउनुभएको छ ।
यस नगरपालिकाको वडा नं. ६, ७ र ८ मा अत्याधिक रुपमा लिची लगाइएको छ भने यस एरियालाई ब्लकको रुपमा बिकास गर्नको लागि किसानहरु लागि परेका छन् ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker