Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
पुरानाे मेडिकल कलेजका सिइअाे सहित ४ जना डाक्टरहरू पक्राउ

पुरानाे मेडिकल कलेजका सिइअाे सहित ४ जना डाक्टरहरू पक्राउ

चितवन : पटक पटक विवादमा आइरहने चितवनको कलेज अफ मेडिकल साईन्सेस (पुरानो मेडिकल कलेज) का चार जना डाक्टरहरु पक्राउ परेका छन्।  अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, किरण अधिकारी र बालकृष्ण कालाखेतीलाई पक्राउ गरेको स्रोतले वतायो। डा. सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि रहेको खुलेको छ ।

सोही प्रकरणमा जिल्ला प्रशासन कार्यालयका एक अधिकारी र अधिवक्ता पनि पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोबाट आएको टोलीले डाक्टरहरुलाई पक्राउ गरि काठमाडौं ल्याउदैँ छ। ब्युरोले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरेको स्रोतको भनाइ छ।

पुरानो मेडिकल कलेजकै मिलेमतोमा एक जना नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपण गरिएको खुलेको छ । उक्त प्रकरणमा उनीहरुको संलग्नता देखिएपछि पक्राउ गरिएको हो।

ब्युरोको लामो समयको अनुसन्धानपछि डाक्टरहरु पक्राउ परेका हुन। भारतीय नागरिक भी नटराज र नगेन्द्र पम्पाटीले सँचालन गरेको सो मेडिकल कलेजले यसअघी करोडौ रकम कर नतिरेको भन्दै भरतपुर महानगरपालिकाले बन्द गर्ने चेतावनी दिएको समाचार सार्वजनिक भएको थियो।

स्रोतका अननुसार नक्कली डकुमेन्ट बनाएर मृगौला प्रत्यारोपण गर्ने ती डाक्टरहरुलाई छुटाउन भी नटराज र नगेन्द्र पम्पाटीले प्रहरीमा चलखेल शुरु गरेका छन्।

प्रहरीले भारतीय नागरिक भी नटराज र नगेन्द्र पम्पाटीलाई पनि अनुसन्धानको दायरामा ल्याउने तयारी गरेको स्रोतले वतायो ।

साैराहा अनलाइनबाट

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.