कोरोना पोजेटिभ देखिएका आँबुखैरेनी हाडजोर्नी अस्पतालका चिकित्सकको कोरोना रि–टेष्ट रिपोर्ट नेगेटिभ आयो

आँबुखैरेनी, २५ असार
गत असार १४ गते कोरोना रिपोर्ट पोजेटिभ देखिएका आँबुखैरेनी हाडजोर्नी अस्पतालमा कार्यरत चिकित्सकको पुनः गरिएको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ। आज आएको कोरोना परिक्षण रिपोर्ट अनुसार चिकित्सकको पुनः गरिएको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो।
उनको प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा पुनः गरिएको पिसिआर परिक्षणमा कोरोना संक्रमणको नतिजा नेगेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो। शाखा प्रमुख उपाध्यायका अनुसार पछिल्लो चरणमा आँबुखैरेनीबाट संकलन गरि कोरोना परिक्षणका लागि पठाईएका सबै नमुनाको रिपोर्ट नेगेटिभ आएको छ।
गत असार ११ गते संकलन गरिएको स्वाव नमुनाको परिक्षणको नतिजा अनुसार आँबुखैरेनी हाडजोर्नी अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना संक्रमण पोजेटिभ देखिए पछि अस्पताल १४ दिनका लागि बन्द गर्नुका साथै आँबुखैरेनी बजार समेत १ साता बन्द गरिएको थियो। यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका ४८ जना र क्वारेन्टाईनमा रहेका ११ जनाको गत असार १८ गते पिसिआर परिक्षणको लागि स्वाव नमुना संकलन गरि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा पठाईएको थियो। जस अनुसार आज आएको उनीहरुको सबैको रिपोर्ट नेगेटिभ आएको हो।
कोरोना पोजेटिभ देखिएका अस्पतालमा कार्यरत चिकित्सकको पुनः गरिएको कोरोना परिक्षणमा नतिजा नेगेटिभ आएको र अस्पतालमा रहेका सबै स्वास्थकर्मीको समेत पिसिआर रिपोर्ट नेगेटिभ आएपछि आँबुखैरेनी हाडजोर्नी अस्पताल प्रशासनले खुशी व्यक्त गरेको छ। कोरोनाको प्रभावको जोखिम हुदाँ हुदै पनि अस्पतालले अनवरत रुपमा २४ सैं घण्टा बिरामीलाई सेवा दिईरहेको अवस्थामा अस्पतालमा आईपरेको समस्यामा विभिन्न माध्यम मार्फत हौसला र सहानुभुति व्यक्त गर्ने सबैमा अस्पतालका अध्यक्ष कृष्णमान तामाङले धन्यवाद दिनुभयो। अब छिट्टै सम्बन्धित निकायको अनुमतिमा अस्पतालको सेवा सूचारु गरिने पनि उहाँले बताउनुभयो।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.