
पोखरा । गण्डकी प्रदेश सभामा कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न सरकारलाई दबाब दिन भन्दै नेपाली कांग्रेसका सांसदले मंगलबारसंकल्प प्रस्ताव दर्ता गरेका छन् ।
नेपाली कांग्रेसका सांसद्हरु कुमार खड्का, मेखलाल श्रेष्ठ र सरिता गुरुङले प्रदेशसभा नियमावलीको नियम ८५ को १ अनुसार संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।
गण्डकी प्रदेशभरि एक घर, एक पीसीआर टेष्टको व्यवस्था हुने गरी तत्कालै प्रक्रिया अघि बढाउनुपर्ने प्रस्तावमा उल्लेख छ । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तय गरेको मापदण्ड अनुसारको क्वारेन्टिनको व्यवस्था तत्काल गर्नुपर्ने, स्वास्थ्यकर्मी, भेन्टिलेटरलगायतका आवश्यक स्वास्थ्य उपकरणयुक्त आईसीयू र आइसोलेसन कक्षको व्यवस्था गर्नुपर्ने मागसहित प्रस्ताव पेश गरिएको छ ।
संकल्प प्रस्तावमा प्रत्येक जिल्लामा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न स्थान तोक्ने प्रस्ताव सांसदहरुले राखेका छन् ।
यसैगरी कोरोनाको कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न गण्डकी प्रदेशका ११ वटै जिल्लामा स्थान तोक्नुपर्ने विषय संकल्प प्रस्तावमा उल्लेख छ ।
Source; Civil khabar