घटदै बैंककाे ब्याज

काठमाडौं : लामो सयमदेखि मुलुकमा लक डाउन हुँदा शिथिल बनेको अर्थतन्त्र विस्तारै चलायमान हुँदैछ । आशिंक रुपमामात्रै उद्योगधन्दाहरु खुलेका छन् । तर कर्जाको माग अपेक्षा अनुसार भएको छैन । निक्षेप भने बढिरहेको छ । जसका कारण वित्तीय संस्थामा प्रचुर तरलता रहेको छ । सोही कारण ब्याजदर घट्दोक्रममा रहेको हो । यसका अलवा केन्द्रीय बैंकले पछिल्ला दिनहरुमा जारी गरेको मौद्रिक उपकरणहरुले पनि ब्याजदर घटाउन सहयोग पुगेको देखिन्छ । बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन धेरै भएपछि अधिक तरलताको अवस्था आएको हो ।
तरलता सहज भएपछि त्यसको प्रत्यक्ष प्रभाव ब्याजदरमा परेको छ । विस्तारै ब्याजदर अझै घट्ने क्रममा छ । पछिल्लो समय सेयर कर्जा पनि सहज रुपमा पाइएको लगानीकर्ताहरुले बताएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियर भन्छन्, ‘अहिले बैंकहरुले सहजर रुपमा सेयर कर्जा दिएका छन् । बैंकहरुले लगानीकर्तालाई ८–९% मा नै कर्जा दिइरहेका छन् ।’ अन्य क्षेत्रमा प्रवाह हुने भन्दा सेयर कर्जामा जोखिम हुने भएकाले पनि बैंकहरु सेयर कर्जातर्फ आकर्षण भएको उनको भनाई छ ।
तरलता सहज भएपछि बैंकको ब्याजदर घट्छ । यसको प्रत्यक्ष र सकारात्मक प्रभाव सेयर बजारमा देखिन्छ । बैंक ब्याजदर र सेयर बजारबीच जहिले पनि विपरीत सम्बन्ध हुने गर्छ । सामान्यतयः ब्याजदर बढ्दा सेयर बजार घट्ने अनि ब्याजदर घट्दा सेयर बढ्ने गर्छ । कम ब्याज पाइन थालेपछि सर्वसाधारणहरु पनि बैंक निक्षेपतिर भन्दा सेयर बजारमा आकर्षित हुने गर्छन् ।
बैंकहरुले आधार दरमा निश्चित प्रतिशत प्रिमियम थपेर ग्राहकसँग लिने ब्याजदर निर्धारण गर्छन् । वाणिज्य बैंकहरुको पछिल्लो तथ्यांक अनुसार आधार दर क्रमशः घट्दै गएको देखिन्छ । हेरौं, कुन वाणिज्य बैंकले कति प्रतिशत ब्याजमा सेयर कर्जा दिंदै आएका छन् :–


Facebook Comments Box
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.