Trending

अस्थायी प्रहरी पोष्टको नाममा जग्गा प्राप्ति, भवन निर्माणको लागि बाटो खुल्यो ।

गोरखा संसार
असार १९, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ मा रहेको अस्थायी प्रहरी पोष्ट बिरुवाटारले आफ्नै नाममा लालपूर्जा हात पारेको छ ।
इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको कार्यक्षेत्र धेरै टाढा सम्म रहेका कारण बिगत केही बर्षअघि वडा नं. ७ को बिरुवाटारमा अस्थायी पोष्ट खडा गरिएको थियो । चौकीको भवन निर्माणका लागि आफ्नै नाममा जग्गा आबश्यक पर्ने भएपछि नगरपालिका कार्यालयबाट बिनियोजित १० लाख रकमबाट जग्गा खरीद गरिएको नगर प्रमुख दिपकबाबु कंडेलले जानकारी दिनुभयो ।
नगरप्रमुख कंडेल सहित वडा नं ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठको बिशेष पहलपश्चात स्थानीय शिवकुमार श्रेष्ठको कित्ता नं. २२४९ नं.को १ रोपनी जग्गा खरीद गरिएको हो । जग्गा खरीद भएसँगै अब भवन निर्माण प्रक्रिया अघि बढाउन सहज हुने अस्थायी प्रहरी पोष्ट बिरुवाटारका इन्चार्ज कृष्ण बहादुर घर्तीले बताउनुभयो ।

जग्गा प्राप्त भएसंगै अब भवन निर्माणकाे लागि अघि बढने याेजना बनाउने वडाध्यक्ष श्रेष्ठले बताउनुभयाे ।

Back to top button