
आँबुखैरेनी, १७ असार ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१, सत्रसयमा खुकुरी प्रहारबाट २ जना युवक घाईते भएका छन् । मंगलबार साँझ ७ बजेको समयमा सत्रसयस्थित स्कुल लाईनमा आफ्नो बहिनी जिस्क्याएको निहुँमा स्थानीय सुमन श्रेष्ठले खुकुरी प्रहार गर्दा आँबुखैरेनी–१, सत्रसयका १९ बर्षिय सुदिप मगर र १५ बर्षिय दिप्सन मगर घाईते भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । खुकुरी प्रहारबाट घाईते भएका मध्ये दिप्सन मगरलाई चितवन मेडिकल कलेजमा उपचार पछि डिस्चार्ज गरिएको छ भने, सुदीप मगरको टाउकोमा चोट लागेको र मध्यम अवस्थामा उपचार भैरहेको प्रहरी निरिक्षक विकाश थापाले जानकारी दिनुभयो । खुकुरी प्रहार गर्ने श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ ।