रेडियो छिम्केश्वरी १०६.२ मेगाहर्ज र पावर एफ एम ९५.६ मेगाहर्जबाट रेडियो पाठशाला

तनहुँ ,लमजुङ ,गोर्खा,धादिङ , नवलपरासी, कास्की  लगायतको गाउँमा आफ्नो प्रसारण पहुँच भएको रेडियो छिम्केश्वरी १०६.२ मेगाहर्ज र पावर एफ एम ९५.६ मेगाहर्जबाट रेडियो पाठशाला कार्यक्रम शुरु गरिएको छ।

 

बिश्व महामारीको रूपमा फैलिएको कोविड १९ ले भएको बन्दाबनन्दिका कारण बिद्यालय बन्द हुँदा समस्यामा परेका विधार्थीहरुलाइ लक्षित गरि आइतबारबाट विहान १० देखि ११ सम्म र पुन प्रशारण बेलुका ५ देखि ६ बजे सम्म हाल कक्षा ९ र १० का बिद्यार्थिका लागि रेडियो पाठशाला कार्यक्रम सुरु गरिएको छ । पहाडी भेघहरुमा सबै ठाउमा ईमेल इन्टरनेटको पहुँच नभएको र बिद्यालय गएर समेत अद्य्यायन अध्यापन गर्न समस्या भएको यो विषम परिस्थितिमा यस्ले निकै नै फाइदा पुग्ने रेडियोका अध्यक्ष शिव कुमार श्रेष्ठले बताउनुभयो ।

 

सामुदायिक रेडियो प्रसारण संघ CIN को प्रविधिक तथा भानु नगरपालिका , पालुङटार नगरपालिका , राईनास नगरपालिका ,बन्दिपुर गाउँपालिका,आबु गाउँपालिका र सामुदायिक तथा निजि बिद्यालयहरुको सहकार्यमा उक्त कार्यक्रम प्रसारण गरिएको हो।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker