Trending

हेटौँडाका एक व्यवसायी जङ्गलमा मृत फेला

मकवानपुर । हेटौँडाका एक युवा व्यवसायी आज बिहान जङ्गलमा मृत फेला परेका छन् । निजको शव हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडाको जङ्गलमा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–५ सानोपोखराका ३० वर्षीय पविनमान श्रेष्ठको शव आज फेला परेको हो ।

राप्तीपुलबाट भैरवडाँडा जाने बाटोको जङ्गलमा उनी मृत भेटिएका हुन् । श्रेष्ठको शव नजिक किटनाशक औषधिसमेत फेला परेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक श्रेष्ठ जग्गासम्बन्धी कारोवार गर्ने व्यक्ति भएको जनाइएको छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker