Trending

अाज गाेरखामा संक्रमित ११ थपिए, काे काेे हुन त?

५ असार, गोरखा ।

गोरखामा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले गोरखाका एक महिला र दश पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको उहाँको भनाई छ ।

स्वास्थ्य कार्यालय गोरखाका अनुसार छ जना गोरखा अस्पतालमा आइसोलेशनमा बसिरहेकाहरु हुन् भने पाँचजना भीमसेनथापा गाउँपालिकाका रहेका छन् । भीमसेनथापाका पाँच जनामध्य दुईजना कन्ट्याक ट्रेसिङका हुन् भने तीन जना नयाँ रहेका कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए ।

Back to top button