
५ असार
गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित माझिगाउँकी एक बालिकाले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी छन् ।
स्थानीय जीवन ज्योति मा.बि.मा अध्ययनरत छात्रा करिना कुमालले हिजो दिउँसो करीब १२ बजेतिर घरमै भुण्डिएर आत्महत्या गरेको हुनसक्ने अस्थायी प्रहरी पोष्ट बिरुवाटारले जानकारी दिएको छ ।
दिउँसोको समयमा घरमा भाइसँगै बसेकी कुमालले आत्महत्या गरेको थाहा पाए लगत्तै छिमेकीलाई खबर गरेको र स्थानीयले प्रहरीलाई खबर गरिदिएको बताइएको छ । उनको बाबु भने बाख्रा चराउन जानुभएको र आमा काम गर्न गएको समयमा घटना भएको बताइएको छ ।
कुमालको शब हिजो नै पोष्टमार्टमको लागि गोरखा पठाइएको थियो ।