
राजेन्द्र न्यौपाने
गोरखा, ४ असार । गोरखामा कोरोना संक्रमितहरु ११ जना थप भएका छन् । यस अघि २४ जना उपचाररत छन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय पोखराले आज सार्वजनिक गरेको सूचि अनुसार पालुङटार नगरपालिकाका एक महिला सहित सात जना र सहिद लखनका चार जना गरी ११ जनाको संख्या थप भएको हो ।
पालुङ्टार नगरपालिका काे वडा नं. १ खाेप्लाङस्थित शारदा मा.वि. क्वारेन्टिनका १ महिला १ पुरूष र जीवन ज्याेति मा.वि. क्वारेन्टिनका ४ पुरूषमा संक्रमण देखिएकाे हाे ।
गत २६ जेठमा जीवन ज्याेति क्व्ारेन्टिनमा रहेका सहित ४७ जनाकाे स्वाब संकलन गरी पठाइएकाेमा ९ दिनपछि नतीजा अाएकाे थियाे भने अझै केहीकाे अाउन बाँकी नै रहेकाे स्वास्थ्य शाखाले जनाएकाे छ ।
संक्रमितहरुलाई गोरखा क्याम्पसमा हिजो मात्र तयार भएको आइसोलेनसनमा लैजाने तयारी भईरहहेको छ । क्याम्पसमा २५ वेडको आइसोलेसन तयार भइसकेको छ ।