दमौली १ असार ।

स्कुल अफ डेमोक्रेसी तनहुँको अध्यक्षमा नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष डम्बर अधिकारी मनोनित भएका छन् ।

अधिकारीलाई स्कुल अफ डेमोक्रेसी नेपालका केन्द्रीय अध्यक्ष नैनसिंह महरले तनहुँको अध्यक्षमा मनोनित गरेका हुन् । नेविसंघका निवर्तमान अध्यक्ष समेत रहेका महरले नेतृत्व गरेको स्कुल अफ डेमोक्रेसी नेपालले मुलुक भित्र तथा बाहिर प्रजातन्त्रको पक्षमा वकालत गर्ने हिसाबले विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।यसैबीच कोभिड –१९ को सन्दर्भमा समेत जुम मार्फत विभिन्न विषयमा काग्रेस पार्टीका नेता तथा कार्यकर्ता र बुद्धिजीविहरुसंगग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।