काेराेना संक्रमित गाउँ पुगेपछि त्रास

गोरखा, २९ जेठ

कोरोना पोजेटिभ देखिएका दुई जनालाई गोरखामा गाउँघर परिक्रमा गराइएको छ । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुखले नतिजा नेगेटिभ आएको बताएपछि गाउँपालिकाले १४ दिन क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई घर मंगलबार घर पठाएको थियो । घर पुगेपछि उनीहरुलाई भेट्न गाउँलेहरु उनको घर पुगे, उनीहरु आफन्त साथी भाई भेट्न भन्दै गाउँ डुल्दै हिँडे । मंगलबार नेगेटिभ देखिएको नतिजा बुधबार पत्रकार सम्मेलनमा पोजेटिभ देखिएपछि गाउँलेहरु ससंकित भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय गोरखा नेपाल सरकार मातहतकै कार्यालय भएपनि यसका कार्यालय प्रमुख विद्या तामाङले आफूखुशी गर्दा रोग गाउँ गाउँ पुग्न थालेको स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताएका छन् । कोरोना भाइरस संक्रमितहरुले गाउँ परिभ्रमण गरेपछि भीमसेन थापा गाउँपालिका वडा नंं १ र ५ का नागरिकहरुमा आफूहरु पनि संक्रमित हुन सक्ने भन्दै चिन्तित भएका छन् । संक्रामक रोगसँग सम्बन्धित गोरखाका सरोकारवाला निकायहरु बजेट व्यवस्थापनका लागि एकजुट हुनेगरे पनि रोग नियन्त्रणका लागि जिम्मेवार बन्न भने सकेका छैनन् । जिल्लामा यस अघि १० जना आइसोलेसनमा रही उपचार गराईरहेका छन् । थप संक्रमित चार जना मध्ये गाउँ घुम्ने २ जनालाई पनि गोरखा अस्पताल ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.