ठुलिभेरी नदीमा बगेर तीन बालबालिकाकाे मृत्यु

जेठ २१,

डाेल्पा : डाेल्पामा ठुलिभेरी नदीमा बगेर तीन बालबालिकाकाे मृत्यु भएकाे छ ।
ठुलिभेरी नगरपालिका वडा ९ माेतिपुर स्थित भेरी नदिमा पशुबस्तु चराउन गएकाे बेला गाई भेरी नदि तरेर पारि जान खाेजेपछि फर्काउने क्रममा तीनै जना बालबालिकालाई भेरीले बगाएको थियाे ।
माेतिपुरकै १२ बर्षिया यसाेधा भन्डारी र १० बर्षिया बिजय कठायतलाई घटनास्थल देखि अन्दाजी दुई किलाेमीटर टाढा बगाउँदै गरेकाे अवस्थामा भेरी नदीबाट उद्वार गरि उपचारका लागि जिल्ला अस्पताल दुनै पुर्याइएकाे थियाे ।
उनिहरु दुबैजनालाइ विमानस्थल सुरक्षा गार्ड जुफालबाट भित्तिमा खटिएकाे ड्युटी टाेलीले भेरीमा मान्छे बगेकाे देखेपछि स्थानीय सहित भएर उद्वार गरेकाे थियाे ।
उनिहरुलाई अचेत अवस्थामा अस्पताल पुर्याएकाे केही समयपछि अस्पतालले मृत घाेषणा गरेकाे जिप्रका डाेल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।
अर्कि अन्दाजि ११ बर्षिय गंगा कठायतलाई घटनास्थल देखि अन्दाजी पाँच किमि टाढा बगाउँदै गरेकाे अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका १ स्थित त्रिपुराकाेट बगरबाट मृत अवस्थामा प्रहरी चाैकी त्रिपुराकाेटले उद्वार गरेकाे थियाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.