Trending

बिरामी लैजानको लागि एम्बुलेन्स नपाएपछि ………………

एउटा व्यक्तिमा RDT देखिंदा खैलाबैला, अरू देखिएमा तयारी के ?

रविन्द्र कंडेल
गोरखा संसार
जेठ १८, गोरखा
गोरखाको पालुङ्टार नगपालिका मा एक जनामा आर.डि.टी. पोजेटिभ देखियो । त्यसपछि उक्त व्यक्तिको थप परीक्षणको लागि अन्यत्र लैजानको लागि गाडी खोजियो । तर कहीं कतै गाडी भेटिएन । पहिलो त उहाँलाई लैजान कोही अन्य गाडीहरु तयार भएनन । त्यस्तै वडा न. ८ मा रहेको एम्बुलेन्सलाई खबर गरियो, बिरामी लिएर गएको खबर आयो । पहिले त आफ्नै नगरपालिकाभित्र बाट व्यवस्था गर्ने उदेश्यका साथ अन्य एम्बुलेन्सहरु लाई पनि खोजी गर्दा नपाउने भएपछि स्वाब टेष्टको लागि परीक्षण गर्न व्यक्तीलाई सदरमुकाम सम्म पुर्याउन गाह्रो हुने भएपछि उहाँ र उहाँको परिवारमा ५ जनाको परीक्षणको लागि परीक्षण किट लिन स्थानीय स्वास्थ्यकर्मी नै सदरमुकाम पुगेर बाइकमा नै ल्याउनुभयो । तर स्वाब निकाल्ने प्राबिधिक आँपपिपल अस्पतालबाट आउनुपर्ने भनी जानकारी आएपछि धेरै समयसम्म कुर्नुपर्यो ।
अस्पतालको एम्बुलेन्स पनि आउन नसक्ने जानकारी प्राप्त भयो । त्यसपछि जिल्ला प्रशाशन कार्यालय गोरखाले पनि केही एम्बुलेन्सहरु राखेको जानकारी अनुसार एम्बुलेन्स माग गरियो । त्यहाँबाट पनि एम्बुलेन्स आउन नसक्ने भयो । बरु प्रमुख जिल्ला अधिकारीले नगरपालिकाप्रति व्यवस्था गर्न नसकेको भनी वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ मार्फफत आक्रोश व्यक्त गर्नुभयो |
नगरपालिकाले व्यवस्था गर्न नसकेको हो त भनेर सोद्धा नगरप्रमुख दिपक बाबु कंडेलका अनुसार पालिकाहरुमा समस्या परेका बेला जिल्लाले सहयोग गर्ने गरी पालिकाबाट समेत बजेट व्यवस्थापन गरिएको छ र प्रशासन कार्यालयले गैर जिम्मेवार प्रतिक्रिया दिएकोप्रति समेत आक्रोश व्यक्त गर्नुभयो ।

अन्तमा नगरपालिकाकै गाडीमार्फत प्राबिधिक पठाएर स्वाब संकलन गरी पाेखरा पठाईएकाे स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद अधिकारीले बताउनुभयो । पाेखरासम्म जान पनि समस्या देखिएपछि माेटरसाईकलमै पाेखरा पुर्‍याएकाे च्याङली स्वास्थ्य चाैकीका ईन्चार्ज भरतराज पाण्डेले बताउनुभयो ।

पालिकालाई समस्या परेका बेला सहयोग नगर्ने भए किन बजेट दिने ? उहाँको भनाइ रहेको छ ।
गत जेठ ११ गते प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा बसेको जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकको निर्णय नंं ५ मा भएको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयलाई पालिकाले रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
निर्णय नं. ५
औपचारिक तथा अनौपचारिक माध्यम प्रयोग गरी नेपाल प्रबेश गरी भारतसंग सीमावर्ती जिल्लाका बिभिन्न क्वारेन्टाइनमा रहेका जिल्लाबासीहरुको सामुहिक रुपमा उद्धार गरी ल्याउन सवारी व्यवस्थापन लगायत बिभिन्न प्रयोजनको लागि सम्पूर्ण स्थानीय तहहरुलाई हाललाई रु.१ लाखका दरले रकम उपलब्ध गराउन अनुरोध गरी गोरखा नगरपालिका उद्धार कोष स्थापना गर्ने र सो मार्फत उद्धार र व्यवस्थापनमा लाग्ने खर्च व्यवस्थापन गर्ने निर्णय गरियो ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker