Trending

ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका  सबै प्रहरीहरुको कोबिड 19 को बिमा

गाेरखा संसार

जेठ १६, तनहुँ ।

ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका  सबै प्रहरीहरुको कोबिड 19 को बिमा गरिएको छ।बिश्व माहामारिको रूपमा फैलिदै गैइरहेको नोबेल कोरोना भाइरस अर्थात कोबिड 19 को जोखिममा हरेक ठाँउमा पहिले पुग्नुपर्ने र काम गर्दा  प्रहरी जोखिममा परेको हुँदा  ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका कार्यारत १९ जना प्रहरी जवानहरूको कोबिड 19 बिमा गरिएको छ। सबैजनाको रु १ लाख बराबरको बिमा गरिएको ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रमुख जितेन्द्र श्रेष्ठले बताउनुभयो ।

तनहुँको डुम्रेमा रहेको शिखर इन्स्योरेन्स कम्पनी लि बाट सबै जनाको कोबिड 19 बिमा गरिएको हो । बिहिवार शाखाका प्रमुख नारायण ढकालले उक्त बिमा पोलिसी हस्तान्तरण गरेका थिए । उक्त शिखर इन्स्योरेन्स नेपालको सबैभन्दा बढी कोबोड 19 को बिमा जारी गर्ने कम्पनी हो।

Back to top button