धार्चे गाउँपालिकामा औषधी खरिद प्रक्रियामा अनियमितता प्रयास

राजेन्द्र न्यौपाने
गोरखा, १६जेठ ।

धार्चे गाउँपालिकाको विभिन्न स्वास्थ्य चौकीमा लैजाने औषधी खरिद प्रक्रियामा कार्यपालिका र प्रशासकिय अधिकृतबाट अनियमितता प्रयास भएको छ ।

वीस लाख मुल्य बराबरको औषधी खरिद गर्ने गरी कार्यपालिका बैठकमा बोलपत्र आव्हन गर्ने निर्णय गरेको तर बोलपत्र आव्हान नगरिएको प्रशासकिय अधिकृत विश्व प्रकाश शर्माले बताए । कोरोना रोगका महामारीका बेला २० लाख मुल्यको औषधी खरिद प्रक्रियामा सूचना निकाल्न आवश्यक नरहेको उनले बताए । हामीले दरभाउ माग गर्ने हो त्यो दरभाउ माग गरिएको रेकर्ड अफिसको फाइलमा राखेका छौ,ं उनले भने । औषधीको दरभाउ माग गरिएको सूचना कहाँ सार्वजनिक गर्नुभयो भन्ने प्रश्नमा उनले सूचना टाँस्नुपर्ने आवश्यकता नै नभएको बताए ।

दरभाउ सार्वजनिक नगरी कसरी थाहा पाउने त औषधी व्यावसायीहरुले भन्ने प्रश्नमा उनले जवाफ दिन सकेनन् । दरभाउका लागि तीन वटा आवेदन परेको उनले बताए । सूचना सार्वजनिक नभई कसरी पर्यो आवेदन भन्ने पुनः प्रश्नमा उनले स्वास्थ्य शाखालाई यस विषयमा थाहा हुने बताए । स्वास्थ्य शाखा प्रमुख अमृत घलेसँग दुई दिन अघि देखि पटकपटक प्रयास गर्दा सम्पर्क हुन सकेन । गाउँपालिका केन्द्र माछीखोलामा बस्नेहरुले सूचना निकालेको थाहा नपाउने काठमाण्डौ, पोखरा, चितवन लगायतका स्थानबाट लकडाउनको समयमा आएर मानिसहरुले कसरी थाहा पााए र दरभाउपत्र पेश गरे भन्दै स्थानीय गाउँलेहरुले प्रश्न गर्न थालेपछि विषय बाहिर आएको थियो ।

गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले आफूहरुले राम्रो काम गरेको तर विरोधीहरुले विरोध गरेको बताए । स्वास्थ्य चौकीमा अहिले औषधीको अभाव नभएको तर प्रक्रिया पुर्याएर औषधी खरिद गरेर राख्न मात्र लागेको कार्यपालिकामा छलफल भएको कार्यपालिकाका एक सदस्यले बताए । हामीलाई सबै कुरा थाहा हुँदैन अध्यक्ष ज्यूले जे भन्नुहुन्छ त्यही गर्ने हो उनले भने ।

यो विषय उठान गर्दै गर्दा प्रशासकिय प्रमुख शर्माले दरभाउ बोलपत्र आह्वान गर्ने विषयमा कार्यपालिका बैठकमा पुनः छलफलमा लैजाने बताए । नेपालको ऐन, नियममा सार्वजनिक खरिद नियमावलीलाई छलेर गरिएका आर्थिक कारोवारलाई भ्रष्टचार मानिन्छ । गोरखाका केही पालिकाहरुको आर्थिक गतिविधि कागपत्रमा मात्र सिमित रहँदै आउने गरेकाले सुक्ष्म रुपमा हेर्नुपर्ने भ्रष्टचारमा शुन्य सहनशिलताका अभियान्ताहरु बताउँछन् ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.