
रविन्द्र कंडेल
गोरखा संसार
जेठ १५, गोरखा
कोभिड १९ का कारण नेपालमा लकडाउन संगै भारत तथा नेपालका बिभिन्न शहरहरुबाट गोरखाको पालुङ्टार नगपालिकाको वडा नं. ७ स्थित जीवन ज्योति मा.वि.मा निर्माण गरिएको क्वारेन्टाइनमा आज मात्रै १४ जना आएका छन् ।
आज पहिलो दिनमै आएका १४ जना सबैजना भारतको बिभिन्न शहरहरुबाट आएका हुन । यसअघि पालुङ्टार नगरपालिका ले ठाँटीपोखरीमा निर्माण गरिएको क्वारेन्टाइनमा मात्र राख्नको लागि क्षमता अपुग हुने भएको हुँदा विभिन्न वडाहरुमा नै क्वारेन्टाइन निर्माण गरिएको र उनीहरुलाई सके सम्म आ आफ्नै वडाहरुमा राख्ने व्यवस्था गरिएको नगरप्रमुख दिपकबाबु कंडेलले बताउनुभयो ।
उहाँका अनुसार क्वारेन्टाइनमा राखिएका सबैको कोरोना परीक्षण गरेर मात्र १४ दिनपछि घर पठाइनेछ । क्वारेन्टाइनमा राखिएकाहरूका लागि खानाकाे व्यवस्था भने कम्पाउण्डभित्रै गरिएकाे छ । नजिकै खाेलामा उनीहरू जाने गरेकाे देखिएकाेले जाेखिम हुन सक्ने स्थानीयहरूले बताएका छन् । स्थानीयका अनुसार बस्तीका बीचमा भएकाे बिद्यालयमा क्वारेन्टाइन निर्माण गरिएकाेले उच्च सावधानी अपनाउन जरूरी छ भने यथाशीघ्र उनीहरूकाे पी.सि.अार. परीक्षण गरिनुपर्दछ ।
पछिल्लो समय नगरपालिकाको धेरैजसो वडाहरुमा क्वारेन्टाइन निर्माण गरिएको छ ।