
काठमाडौं : गत शनिवार साँझ प्रेमीका लाई बेहुली बनाएर घर भित्र्याउने सपना साँचेर जाजरकोटबाट रुकुम पश्चिमा हिडेँका नवराज बिकको त्यो सपना माया प्रेमका दु’श्मनहरुले च’कनाचुर पारि दिए । आज उनी ला,स बनेर अस्पतालको शवगृहमा छन् । उनीसँग जन्तीका रुपमा पुगेका उनका छिमेकी टिकाराम बिक पनि आईतबार साँझ भेरी नदि मै मृ,त फेला परेका छन् ।
जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँका २१ वर्षीय विकले रुकुम पश्चिम चौरजाहरी नगरपालिका वडा नम्वर ८ की १७ वर्षीया अञ्जली मल्ल (नाम परिवर्तन ) सँग प्रेम सम्वन्ध थियो। उनकी प्रेमीकाले घरदेखि तलको लिन आउनु भनेपछि आफुहरु नवराजले आफुहरुलाई बोलाएर लिन गएको र गाउँलेहरुको आ’क्रम’णबाट भागेर बाँच्न सफल महेश कार्कीले बताए ।
अहिले चौरजहारी ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका १२ जना मध्येका कार्कीले भने, ‘नवराज उमेरमा मेरो दाजु पर्छन । उहाँ र ठकुरी थरकी केटीसँग प्रेम सम्वनध छ भन्ने कुरा अलिअली मलाई पनि थाह थियो । शनिवार साँझ त्यही केटी लिन जाँदैछौं आउनु प¥यो भनेर बोलाएपछि हाम्रो टोलबाट ६ जना गयौं । त्यहाँ पुग्दा अरु १० जना जम्मा भइसकेका रहेछन् ।
त्यसपछि अरु तीन जना थपिए १९ जना भएर गयौं । सबैलाई दाई (नवराज) ले बेहुली लिन जानु प¥यो भन्दै हुनुहुन्थ्यो ।’ केटीको घरमा नपुग्दै माथि घरबाट आफूहरु माथि ढुृ’ङ्घामुढा भएको सुनाए । ‘मैले ती युवतीको घर देखेको थिएन । उनलाई चिनेको भने थिएँ । उनको घरदेखि तलबाट बाटोमा पुग्न साथ माथी घरबाट एक्कासी एउटी महिला चि’च्चाएको आवाज आयो ।
साला फेरी आए डु’महरु…फेरी आयो… तिमीहरुलाई आज मा,रेरै छाड्नु पर्छ भन्दै चि’च्याएपछि अरु दुई तिन जना मानिसहरु देखिए,’ उनले भने, ‘उनी हरुले माथी घरबाट ढुृ’ङ्घा मु’ढा गर्न थाले पछि हामी भाग्यौँ । रात परि सकेको थियो । त्यस क्रममा पछाडि फर्केर हेर्दा गाउँ नै उल्टिएर आएको देख्यौँ । दायाँ बायाँ लुक्ने भाग्ने ठाउँ थिएन । भेरी नदीतिर भाग्यौँ । १९ जना मध्ये भेरी नदीमा हा’म्फाल्ने ११ जना थियौं । ५ जना नदि तर्न सफल भयौं ।
कार्कीका अनुसार नदीमा हाम फा’लेका ६ जना बे’पत्ता मध्ये दुई जनाको मृ,त्यु भइसकेको थियो । केही साथीहरुलाई गाउँलेहरुले कु’टेर प्रहरीमा बुझाए । नदीमा हा’म्फाल्दसम्म माथिबाट ढुङ्घा बर्साउँदै थिए । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कविराज रोकायाले आफू ती किशोरी र बाबु आमालाई नियन्त्रणमा लिई बयान लिइरहेको उनले बताए । उनीहरु बीच प्रेम सम्बन्ध रहेको पाइएको र घटनाको अनुसन्धान भइरहेको बताए । उनका अनुसार यो समाचार तयार पार्ने बेला सम्म बे’पत्ता ५ जना अझै फेला परेका छैनन । यो समाचार रातोपाटिमा प्रेम सुनारले लेख्नु भएको छ ।