पालुङ्टार नगरपालिकाको क्वारेन्टाइनमा १० जना, ६ जना डिस्चार्ज

रविन्द्र कंडेल
गोरखा संसार
८ जेठ, गोरखा ।

गोरखाको पालुङ्टार नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा १० जना रहेका छन भने ६ जना डिस्चार्ज भइसकेका छन् ।
कोरोना भाइरसको संक्रमण भएसंगै सवैजसो स्थानीय तहहरुले क्वारेन्टाइन निर्माण गरेर बाहिरबाट आएका व्यक्तिहरुलाई राख्ने गरिएको छ ।
त्यस्तै क्रममा नगरपालिकाले धर्मावती प्रा.वि. र जनता मा.वि. आँपपिपल मा गरी २ ठाउँमा क्वारेन्टाइन निर्माण गरी राख्न थालेको र दैनिक रुपमा स्वास्थ्य परीक्षण समेत गर्ने गरिएको स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म कसैमा पनि खासै स्वास्थ्य समस्या देखिएको छैन ।
त्यस्तै यस अघि क्वारेन्टाइनमा रहेका ६ जनाको पि.सि.आर. परीक्षण गरी घर पठाइएको र उनीहरु सवैको स्वास्थ्य समस्या सामान्य रहेको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
क्वारेन्टाइनमा रहेका सवै जनाको पि.सि.आर. परीक्षण गरेर मात्र पठाउने र उनीहरुको अवस्थाको बारेमा जानकारी समय समयमा लिइरहेको पनि जनाइएको छ ।
यस अघि चैत्र महिनामा बिदेशबाट आएकाहरु सबैको आर.डि.टी. प्रविधीबाट परीक्षण गरिएको थियो भने हाल क्वारेन्टाइनमा रहेकाहरुका लागि पनि पि.सि.आर. जाँच गरेर मात्र घर पठाउने नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.