Trending

पालुङ्टारमा दादुरा रुबेला खोप सञ्चालन हुने कहाँ र कहिले हुने तालिकासहित

रविन्द्र कंडेल
गोरखा संसार
८ जेठ

गोरखाको पालुङ्टार नगरपालिकाले दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारण नियमित खोप कार्यक्रमको तालिका समेत प्रभावित भएको थियो ।
बालबालिकाहरुमा लगाउनुपर्ने खोप नियमित गर्नुपर्ने भन्दै आगामी जेठ ११ गतेदेखि १५ गतेसम्म खोप सञ्चालन गर्न लागेको पालुङ्टार नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ । शाखाका अनुसार ९ महिना देखि ५बर्षमुुुनिका सबै बालबालिकाहरुलाई खोप प्रदान गरिने छ । स्वास्थ्य शाखाका दिपेन्द्र गिरीका अनुसार कोरोना भाइरसका कारण भीडभाड हुने भएका कारण गत चैत्र महिनामा सञ्चालन गर्नुपर्ने खोपको कार्यक्रम स्थगित गरिएको र पछिल्लो समयमा गोरखाका केही स्थानमा दादुरा देखिएका कारण चुनौत् िकै बीचमा पनि खोप सञ्चालन गर्न लागिएको हो ।
यस अघि पनि नगरपालिकाभित्र चैत्र ४ र ५ गते नियमित खोप सञ्चालन गरिसकेको छ ।
च्याङ्ली स्वास्थ्य चौकीले फराकिलो ठाउँमा सामाजिक दुरी कायम गरी खोप सञ्चालन गर्ने रणनिती बनाएको चौकीका इन्चार्ज भरतराज पाण्डेले बताउनुभएको छ । ५ बर्षमूनिका बालबालिकाहरु खोपको लागि आउँदा आमा समेत संगै आउनुपर्ने हुँदा भीड बढी हुने भएका कारण भीड व्यवस्थापन गर्न र सामाजिक दुरी कायम गर्न समेत चुनौती रहेको उहाँको भनाइ छ ।

कहाँ कुन दिनमा हेर्नुहाेस तालिका

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker