Trending

सामाजिक सञ्जालबाट भेटिए कैयौं महिनासम्म सम्पर्कबिहिन नेपाली

उनी सम्पर्कमा आएसँगै उनको परिवारमा खुशी

रविन्द्र कंडेल
गोरखा संसार
७ जेठ

गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्लीका लिला बहादुर नेपाली सामाजिक सञ्जालमार्फत परिवारको सम्पर्कमा आएका छन् । उनी सम्पर्कमा आएसँगै उनको परिवारमा खुशी छाएकाे छ ।
विगत लामो समयदेखि यू.ए.ई.मा कार्यरत नेपाली विगत ६ महिनाअघि मोवाइल हराएपछि हालसम्म परिवारको सम्पर्कमा नहुँदा परिवारमा ठूलो चिन्ता बढेको थियो ।
नेपालीले मोवाइल हराएपछि घर परिवार र आफन्त कसैको पनि सम्पर्क नम्बर आफूसँग नभएका कारण सम्पर्कमा आउन नसकेको उहाँले बताएको राजकुमार परियारले बताउनुभयो ।
परियारले चलाएको बिरुवाटार युवा क्लबको फेसबुक पेजमा नेपालीसंगै काम गर्ने मोरङका सुबास रसाइलीले मेसेज गरेपछि परिवारसंग सम्पर्क गरी भिडियो कल समेत गरेर आफ्नो अवस्थाको बारेमा जानकारी गराएको परिवारले जनाउनु भएको छ ।
४० बर्षका नेपाली च्याङ्ली पारेघाटका व्यक्ति हुन ।

परिवारसँग सम्पर्क गराउन महत्वपूर्ण भूमिका खेल्ने राजकुमार परियार  र सुबास रसाइली प्रति बिशेष धन्यवाद सहित सामाजिक कार्यमा अझ बढी लाग्न प्रेरणा मिलोस हाम्रो कामना ।।

Back to top button
Close