Trending

गोरखा जिल्ला स्तरीय कमाण्ड पोस्टकाे निर्णयमा परिमार्जन गरी सहज तुल्यायाे जनतालाइ

७ जेठ ; गोरखा |

गोरखा जिल्ला स्तरीय कमाण्ड पोस्टकाे निर्णयमा परिमार्जन गरी जनतालाइ सहज तुल्यायाे बनाउनकाे लागि केही निर्णयहरू गरेकाे छ । नगरपालिकाले अाज एक सूचना जारी गरी काेरोना भाइरस (कोभिड-19) को रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि गठित गोरखा जिल्ला स्तरीय कमाण्ड पोस्ट तथा कोभिड 19 ( crisis management center operation ) को मिति जेठ ५ गते को बैठकको निर्णय अनुसार विभिन्न जिल्लामा कोरोना भाइरस(कोभिड-19) को वृद्धि भैरहेको अवस्थामा लकडाउनको समयावधि २०७७ जेष्ठ २० गतेसम्म भएको हुँदा जिल्ला भित्र संक्रमण रोकथामको न्यूनीकरणको लागि जिल्लाभर सिल गरिएको गर्ने निर्णय गरेकाे िथयाे । त्यस्तै क्रममा अति आवश्यक अवस्थाका लागि जिल्ला भित्र हुने खाद्यान्न , तरकारी , पशुपन्छीका दाना , कृषि समाग्री , मल बीउ बिजन नगरप्रमुखको सिफारिस, ढुवानी गर्ने सम्बन्धि उद्योग /पसल/संस्था/फर्म को दर्ता प्रमण पत्र, सवारी साधनको कागजात सहित जिल्ला भित्र बेलुकी 6 : 00 बजे देखि बिहान 6 : 00 बजे सम्म मात्र भनिएकोमा नगरपालिकाको अधिकांश वडाहरु 2,3,4,5,6,7,8 मा अत्यावश्यक पर्ने खाद्यान्न साम्रागीहरु तनहुँको डुम्रे, तुरतुरे, सत्रसय,आबु खैरेनी लगायतका ठाउँहरुबाट ढुवानी गर्नुपर्ने र तनहुँको लकडाउनको निर्णय अनुसार सम्पूर्ण खाद्यान्न स्टोरहरु बिहान 6 : 00 बजे देखि 9 : 00 बजेसम्म मात्र खोल्ने हुँदा समय अनुकुल नभएको हुँदा समस्या भएकोले नगरपालिकाका नगर प्रमुख, उप-प्रमुख, प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालयका प्रमुखज्यूहरुको मिति 2077/02/06 गरेको छलफल अनुसार अत्यावश्यक खाद्यान्न, तरकारी, पशिपन्छीका दाना, कृषि सामाग्री, मल बीउ विजन, बिहान 6 : 00 बजे देखि 9 : 00 बजेसम्म मात्र ढुवानी गर्नका लागि दिने भनी निर्णय भएकोले सो अनुसार ढुवानी गर्नुहुन सम्पूर्ण नगरवासीहरुमा अनुरोध गरेकाे छ ।

अन्य ढुवानीको हकमा जिल्ला स्तरीय कमाण्ड पोस्ट तथा कोभिड – 19 ( crisis management center operation ) को निर्णय यथावत नै हुने नगरपालिकाले जनाएकेा छ ।

पछिल्लो समय चाईनाको वुहानवाट सुरु भएको कोभिड-19 कोरोना भाईरस आज विश्व भरि नै फईलिन लाईसकेको छ | दिनप्रति दिन सक्रमितको सख्या वढ्दो क्रममा छ | नेपालमा हेर्ने हो भने यो न्युज वनाऊदा सम्म  2 जनाको मृत्यु , ४२७ जना संक्रमित र ४५ जना निको भईसकेका छन् | सबै देशहरु सुरक्षाको लगि विभिन्न उपायहरु अपनाई रहेका छन् | कयौ देशमा लकडाऊन गरिएको छ |

सूचनाकाे पूर्णपाठ ः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker