विदेशबाट आएका ४१ जना क्वारेन्टाइनमा

अमरराज नहर्की/तनहुँ समाचारदाता
तनहुँ, जेठ ७ गते ।

तनहुँमा बन्दाबन्दीका क्रममा विदेशबाट आएका ४१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बसेका मध्ये अधिकांश भारतबाट आएका रहेका छन् । बङ्गालादेशबाट एक जना, दुबईबाट आएका दुई जना र बाँकी भारतबाट आएका गरी उक्त सङ्ख्यालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । भारतीय सिमा क्षेत्रमा रोकिएका ३८ जना नागरिकलाई उद्धार गरि जिल्लामा ल्याई क्वारेन्टाइमा राखिएको उहाँले बताउनुभयो । बन्दाबन्दीले गर्दा भारतका विभिन्न राज्यबाट भैरहवा र कैलालीमा आई रोकिएका उनिहरुलाई उद्धार आईतबार, सोमबार र मङ्गलबार गरी तीन दिन उद्धार गरिएको कार्यालयले जनाएको छ ।
उद्धार गरी ल्याइएका व्यास र भानु नगरपालिका , रिसिङ र घिरिङ गाउँपालिकाका नागरिकहरुको जिल्ला प्रवेश गर्ने नाकामा स्वास्थ्य परीक्षण गरी सम्बन्धित स्थानीय तहलाई जिम्मामा लगाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भारत तथा मुलुककै अन्य जिल्लाबाट आएका नागरिकहरुलाई सम्बन्धित स्थानीय तहले तयार गरेको क्वारेन्टिनमा अनिवार्य १५ दिन बस्नुपर्ने छ व्यवस्था गरिएको छ ।
जिल्लाको विभिन्न स्थानमा गरी एक सय ७४ शय्याको क्वारेन्टाइन र पाँच स्थानमा ४६ शय्या क्षमताको आइसोलेसन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार विदेशबाट घर फर्किएका व्यक्तिहरुलाई सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका करेण्टाइनमा अनिवार्य रुपमा बस्नुपर्ने व्यवस्था गरिएको छ । जिल्लामा स्थापना गरिएका जिपी कोइराला मेमोरिएल श्वास प्रश्वास अस्पताल,बन्दिपुर अस्पताल र दमौली अस्पताल लगायतका पाँच स्थानमा आइसोलेसन कक्ष स्थापना गरिएको छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.